दमक/ झापाको अर्जुनधारा ४ भाङबारीमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
अर्जुनधारा ४ भाङबारीस्थित भित्रि सडक खण्डमा लक्ष्मीपुरबाट रातेखाला तर्फ जादै गरेको बागमती प्रदेश ०२– ०१८ प ८३८५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा मोटरसाइकल चालक पाँचथर फिदिम १ का ३५ बर्षिय गंगाराम काफ्लेको ज्यान गएको हो ।
शुक्रबार राती अन्दाजीे ११ बजे भएको सो दुर्घटनाका घाईते काफलेको बिर्तासिटि अस्पताल बिर्तामोड पुरयाउनसाथ चिकित्सकहरुले मृत घोषणा गरेका ट्राफिक प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार ४० बर्षिय मिलन बस्नेतको गम्भीर अवस्थामा बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भैरहेको जनाइएको छ ।