दमक/ दमक जेसीजले दमक -८ स्थित जनता माध्यमिक विद्यालयका बिद्यार्थीलाई जेसीज सप्ताहमा शैक्षिक सहायता उपलब्ध गराएको छ । दमक जेसीजको जेसीज सप्ताह अन्तर्गत आज बिद्यालयमा औपचारीक कार्यक्रम गर्दै विपन्न समुदायका बिद्यार्थिहरुलाई शैक्षिक सामाग्रि उपलब्ध गराईएको हो ।
दमक जेसीजका अध्यक्ष सञ्जिव बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिद्यालय व्यवस्थापन समिति अध्यक्ष भिमराज केसीलाई उक्त शैक्षिक सामाग्रिहरु उपलब्ध गराईएको कार्यक्रमका सम्योजक योगेश गौतमले जानकारी दिए ।
हिँजो सप्ताह कार्यक्रम उद्घाटनसहित साईकल र्याली, नेत्र तथा दन्त शिविर र फिजीयोथेरापी सम्बन्धी सचेतना कार्यक्रम गरिएको भन्दै अध्यक्ष बरालले भोली पनि बिभिन्न कार्यक्रमहरु गर्दै जेसीज सप्ताहको समापन गरिने जानकारी दिए ।
भोली मध्यान्ह १२ वजे दमक उद्योग वाणिज्य संघको सभाहलमा अटिजम रोग सम्बन्धी सचेतना तालिम र सोहि दिन दिनको ३.३० वजे संघको सभाहलमा प्रमाणपत्र तथा पुरस्कार प्रदान गरि समापन गरिने छ ।
