झापा/ झापामा प्रहरीले काठ ओसारपसारमा प्रयोग भएका दुई वटा ट्रयाक्टरसहित अबैध काठ नियन्त्रणमा लिएको छ ।
शुक्रबार करिब साढे २ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट र प्रहरी चौकी तिरिङखोलाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं.१ गाडागल्ली स्थित पातापुरबाट आउदै गरेका मे १ त ७८५४ र मे १ त ३७४० नंम्बरका ट्याक्टर नियन्त्रणमा लिएको हो ।
बरामद काठ र ट्रयाक्टरको अन्दाजी मुल्य झण्डै २० लाख ५० हजार रुपैयाँ मुल्याङकन गरी आवश्यक कारवाहीका लागि डिभिजन बन कार्यालय चन्द्रगढी झापामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments Box