पथरी/ पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउंपालिकाका विभिन्न स्थानबाट विशेष प्रहरीको सई हुँ भन्दै स्थानिय बजार पसलमा ठगी गर्ने एकजनालाई  प्रहरीले पक्राऊ गरेको छ। प्रहरीले गत १५ गते दिउँसो ३ बजे मोरङ्गको पथरीशनिश्चरे – ७ बस्ने ४६ वर्षे सन्तोष कुमार कन्दङवालाई प्रकाउ गरेको हो।

पथरीशनिश्चरे र कानेपोखरी पालिकाका विभिन्न स्थानबााट विशेष प्रहरीको सई हुँ भनी धम्की दिई स्थानीय बजार पसलमा ठगी गरेको भन्ने जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले निजलाई पथरीशनिश्चरे-३ बाट पक्राउ गरेको थियो। पक्राउ परेका कन्दङवाको साथबाट प्रहरीले मोबाइल थान १, १७ सय नगद ,ज्याकेट, व्याग लगायत अन्य सरसमान बरामद गरेको छ भने निजले उक्त ठगी गर्दा प्रयोग गरेको को. ३२ प. ५९८९ न.को मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ। निजलाई ठगी कसूरमा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

Facebook Comments Box