भद्रपुर/ टिपरको ठक्करबाट भद्रपुरमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ७ स्थित मेघाटोलकी ११ वर्षीया शिल्पा ऋषिदेव रहेकी जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
भद्रपुर– ७ स्थित अञ्जनीमोडमा बिहीबार आज दिउँसो १२ बजे गार्मेटचोकबाट हल्दिबारीतर्फ गइरहेको प्र–१–००१–क–७७ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको साइकल यात्री बालिका ऋषिदेवलाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट गम्भीर घाइते बालिकालाई उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभारा हस्पिटलबाट थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी हस्पिटल लगिएकोमा उपचारको क्रममा दिउँसो साढे ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालक हल्दिबारी गाउँपालिका– २ का २१ बर्षीय जितलाल राजवंशी रहेका छन । उनको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नभएको जनाइएको छ । टिपर र टिपर चालक राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ । (टाइम्स अफ प्रदेशबाट)