दमक/ झापा क्षेत्र नं ४ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य लालप्रसाद ( एलपी) साँवा लिम्बुले निर्वाचित भएपछि पहिलो पटक औपचारिक रुपमा पत्रकार भेटघाटको आयोजना गरेका छन ।
नेकपा एमालेका तर्फबाट निर्वाचित सांसदले आफनो क्षेत्रमा पर्ने पर्यटकीयस्थल दोमुखामा बिहिबार पत्रकार भेटघाटको आयोजना गर्दै सो क्षेत्रको बिकास निर्माणमा निरन्तरताको प्रतिबद्धता जनाए । दोश्रो पटक सो क्षेत्रबाट लोकप्रिय मतका साथ विजयी भएका साँसद साँवाले झापा क्षेत्र न.४ का अधुरा भौतिक निर्माण योजना समयमा सम्पन्न गर्न खबरदारी गर्ने प्रतिबद्धता जनाए ।
उनले सो निर्वाचन क्षेत्रको सडक, पुल लगायतका पूर्वधार विकासका योजना समयका सम्पन्न गर्न निर्माण व्यवसायी र निर्माणको इजाजत दिने सरकारी निकायलाई खबरदारी गरिने बताए ।
झापा क्षेत्र न.४ भित्र निर्माणधिन भौतिक पूर्वधारहरु निर्माण ब्यवसायीको ढिला सुस्ती र निर्माण गर्न लगाउने सरकारी निकायको वेवास्ता कारण लामो समयदेखि अधुरो रहँदा त्यसको निर्माण सम्पन्न गर्न गराउन आफूले सरकार ,सदन , निर्माण ब्यवसायी र सम्वन्धित निकायलाई झक्झकाउने साँसद साँवाले बताए ।
क्षेत्र भित्रका बिकास निर्माण नहुँदा सधै जनप्रतिनिधि आलोचित हुनु परेको साँवाले स्विकार्दै कन्काई र विरिङ्ग लागयतका पुलहरुको निर्माण सम्पन्न गर्न निर्माण ब्यवसायीले चासो नदिँदा नागरिकहरुले सास्ती ब्यहोर्नुपरिरहेको पनि उल्लेख गरे । निर्माण क्षेत्रका बिषयमा उनले भने–यो,त्यो पार्टी नजिकको निर्माण ब्यवसायीले समयमा काम गरेन भन्ने भन्दा पनि सम्पूर्ण क्षेत्रवाट सबै मिलेर योजना निर्माण चाँडो सक्न दवाव दिनु पर्ने साँवाको भनाई छ ।
निर्वाचनको दौरानमा एमालेको तर्फवाट उम्मेदवार भएर प्रतिष्पर्धा गरे पनि क्षेत्रवासी जनताको प्रतिनिधि भएको हुँदा शिर उच्च राख्ने गरी काम गर्ने साँवाद्धारा जारी विज्ञप्तमा उल्लेख छ । उनले आफू निर्वाचित भएपछि कुनै दल वा क्षेत्रका आधारमा फरक ब्यवहार नगर्ने प्रतिबद्धता समेत जनाए । सो अवसरमा पूर्व सांसद तारासम याङया, शिवसताक्षी नगर प्रमुख रोशन थोप्रा लगायतको पनि उपस्थिती रहेको थियो ।

 

Facebook Comments Box