दमक/ दमक १० स्थित इन्द्रेणी तालमा आयोजना गरिएको इन्द्रेणी एडभेन्चर कम्बो विन्टर फेस्ट २०७९ सम्पन्न भएको छ ।
गत मंसिर १२ गतेबाट इन्द्रेणी ताल संरक्षण समितिको आयोजनामा तीन दिनसम्म प्रतियोगिता सञ्चालन गरिरको हो । आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने उद्धेश्यले सञ्चालन गरिएको प्रतियागिताको उपाधी दमकका मेघराज राईले ४ मिनेट ५० सेकेन्ड ०२ माईक्रो सेकेन्ड्मा प्रतियोगिताका सबै बिधा पूरा गरि प्रथम बनेका छन ।
प्रतियोगिताको प्रथम स्थान हासिल गरेसगै राईले नगद ५० हजारसहित मेडल र शिल्ड प्राप्त गरेका छन । यसैगरी सो प्रतियोगिता ५ मिनेट २९ माईक्रो सकेन्डा पूरा गर्दै धरानका किरण लिम्बू उप बिजेता बनेका छन ।
प्रतियोगीताको उपबिजेता लिम्बुले नगद २५ हजार सहित शिल्ड प्राप्त गरेका छन । त्यसैगरी झापा कमलका साजन अधिकारी तृतीय बने । अधिकारीले ५ मिनेट ३ सेकेन्ड १७ माईक्रो सकेन्ड्मा प्रतोगिता पूरा गर्दै नगद ५ र शिल्ड प्राप्त गरे । सो प्रतियोगीका २० जना सहभागी मध्ये उत्कृष्ट छनौटमा परेका १० जना प्रतियोगीहरुका बिच प्रतिस्पर्धा गराईएको थियो ।
प्रतियोगीता अन्तर्गत बनाना ट्री रन, साइक्लिङ, मङ्की वाक, हेभी वेट, जिपलाईन, जम्प लगायतका १३ वटा बिधा समाबेश गरिएको थियो । एकै स्थानमा यतिधेरै बिधा समाबेश गरेर नेपालमानै पहिलो पटक यस्तो साहसिक खेलको आयोजना गरिएको आयोजकले दावी समेत गरेको छ ।
यसैगरी प्रतियोगिता अन्तरगत मंसिर १२ गते दमक चोक देखि इन्द्रेणी तालसम्मको ८ दशमलब ३ किलो मिटर म्याराथुन दौड सम्पन्न गरिएको प्रतियोगीता आयोजक इन्द्रेणी ताल सरक्षण समितिले जनाएको छ ।
सो दौडका ५० जना सहभागी मध्ये धरानका किरण लिम्बुले ३० मा दौड पुरागर्दै प्रथम भएका थिए भने दमकका ओशन राईले ३० मिनेट २ सेकेन्डमा पुरागर्दै द्धितीय स्थान हासिल गरेका थिए ।

Facebook Comments Box