भर्खरै प्रदेश र  प्रतिनिधि सभाको चुनाव सकिएको छ । विस्तारै चुनावको मत परिणाम पनि आउने क्रम जारी हुँदै गर्दा ठुला भनिएका राजनीतिक दल र तिनका उमेद्बवारहरुले अप्रत्यासित हार धेरै ठाँउमा ब्यहोर्नु परेको छ ।
देशमा प्रजातन्त्रको बहालीको लागी लडेको नेपाली काँग्रेस ने क पा एमाले होस् या गणतन्त्रको लागि १२ बर्ष सम्म जनयुद्ध लडेको माओवादी केन्द्र होस् या पुन राजतन्त्र स्थापनालाइ आफ्नो घोषणापत्रमै समावेश गरेर निर्वाचनमा होमिएको राष्ट्रिय प्रजातन्त्र पाटी नै किन नहोस् यो निर्वाचनको मत परिणामले यी तमाम पाटीलाइ एउटा ठुलो चुनौती भने पक्कै पनी निम्त्याएको छ । कारण हो राष्ट्रिय स्वतन्त्र पाटी लगायत अन्य स्वतन्त्र उमेद्बवारहरुको अप्रत्याशीत लोकप्रिय जनमत ।
गत स्थानिय निर्वाचनमा काठमाडौं महानगरपालिका लगायतका केही स्थानिय निकायमा स्वतन्त्र उमेद्बवारको जित भए सँगै तथा ती स्वतन्त्र उमेद्बवारको हाल सम्मको कार्यको सम्पादन निर्णयात्मक क्षमता जनता प्रतीको जन उत्तरदायी भुमिका लगायतका विशेषताहरु हेरेर नै हुनुपर्छ छ महिना अघिमात्र निर्वाचन आयोगमा दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको मत परिणाम हेर्दा पुराना राजनीतिक दलहरु सँगको जनताको असन्तुष्टिलाइ सजिलै बुझ्न सकिन्छ । हार नै सही तर डडेल्धुरामा सागर ढकाल झापामा शम्भु ढकाल, स्वागत नेपाल लगायतले ल्याएको मतलाइ कम आँक्न किन्चित मिल्दैन ।
राष्ट्रिय राजनितिको मुलधारमा परिवर्तनको घण्टी लिएर आएको राष्ट्रिय स्वतन्त्र पार्टीको यो जित पुराना भनिएका राजनीतिक दलहरुलाइ पछि पार्दै अहिले सम्मको मत परिणामलाइ नियाल्दा चौथो ठुलो राजनीतिक दल हुने प्राय निश्चित झै देखिन्छ ।
यसरी नयाँ राजनीतिक दलले यो परिमाणको मत प्राप्त गर्नुमा पुराना राजनीतिक दलहरुको दलगत स्वार्थमा लिप्त हुनु, जन उत्तरदायी सरकार कहीले नबन्नु,चरम भ्रष्टचार बेथिति सत्ताको दुरुपयोग नै पर्दछन्। ।
सोही कारण परिवर्तनको संवाहक बनेर आएको राष्ट्रिय स्वतन्त्र पार्टीलाइ पुराना राजनीतिक दलमा जरो गाडेर बसेका अर्थात राजनीतिक दललाइ गोत्र मान्ने दल परिवर्तन गर्नु भनेको गोत्र परिवर्तन गर्नु सरह ठान्ने केहि अन्धभक्तदेखी बाहेक सबै जो परिवर्तनको चाहना मात्र होइन कि परिवर्तन कसरी सम्भव छ भन्ने खाका कोर्दै बर्षाै देखि जरो गाडेर बसेका राजनीतिक दलहरुलाइ ऐठन हुने गरिको मत मार्फत झपड हान्न तयार भएको यो चुनावी मत परिणामले स्पष्ट पारेको छ ।
यति हुँदा हुँदै पनि राष्ट्रिय स्वतन्त्र पार्टी प्रति केही राजनीतिक दलका नेताहरुले गरेको हलुका टिप्पणी आफंैमा हास्यास्पद रहेको छ । यतिका जनमत पाएर उदाएको पार्टीलाइ कम आँक्नु भनेको ति तमाम जनमतको कदर नगर्नु नै भन्ने बुझिन्छ ।
अतः जनता परिवर्तनको पक्षमा छन् सोही कारण हामी समयसँगै परिवर्तन हुन नसकेकै कारण आज यो चुनावी परिणाम आएको हो भन्ने बुझ्न जरुरी छ अन्यथा अझै पनि राष्ट्रिय स्वतन्त्र पार्टी लगायत अन्य स्वतन्त्र उम्मेद्वारहरुले ल्याएको मतलाइ बेवास्ता गर्ने हो भने पुराना राजनीतिक दलहरुलाइ आगामी चुनावमा मतपत्रमा त भेटिएला तर मतपेटिकामा किमार्थ भेटिने छैन ।

गौरादह –९ झापा
                                                                                                                                                                                                                                                  हाल –बिराटनगर

Facebook Comments Box