दमक/ शुरुवातदेखि नै निक्कै रोचक बनिरहेको पूर्वी पहाडी जिल्ला पाँचथर र तेह्रथुममा प्रतिनिधि सभा सदस्यको निर्वाचनको मत परिणाम पनि रोचक आउने संकेत देखिएको छ । गणना शुरु भएयता कहिले कांग्रेस त कहिले एमाले यि दुवै जिल्लामा अघि पछि अघि पछि हुँदै आएका छन ।
पछिल्लो पटक सार्वजनिक भएको मत परिणाम अनुसार अहिले दुवै जिल्लामा गठबन्धनबाट कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन । पाँचथरमा कांग्रेस सहमहामन्त्री भिष्मराज आङदेम्बे एमालेका बसन्त नेम्वाङ भन्दा ५३५ मतले अगाडी छन । आङदेम्बेले २४४५९ मत ल्याएका छन भने नेम्वाङले २३९२४ मत ल्याएर पछयाइरहेका छन ।
त्यसैगरी तेह्रथुममा कांग्रेसकी सीता गुरुङ ८ हजार १३२ मतसहित अग्रस्थानमा छिन । उनका प्रतिस्पर्धी एमालेका विजय सुब्बा ७ हजार ८२३ मत लिएर पछयाइरहेका छन । उनीहरुबीचको मतान्तर ३०९ छ ।