प्रभु साह चौथो पटक विजयी

Author Nishkarsha News
२०७९ मंसिर ८, बिहीबार २०:१०

रौतहट / रौतहट निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उमेदवार प्रभु साह विजयी भएका छन् । साहले निकटत प्रतिस्पर्धी अर्का स्वतन्त्र उमेदवार ओमप्रकाश जैसवाललाई ७ हजार २३७ मतान्तरले पराजित गरे ।
नेकपा एमाले तत्कालीन स्थायी समिति सदस्यसमेत रहेका साहले मनोनयन दर्ताको अन्तिम समयमा पार्टीको टिकट त्यागेर स्वतन्त्रबाट उम्मेवारी दर्ता गराएका थिए । जसपाको भागमा परेको मधेश प्रदेशका ८ जिल्लामा प्रतिनिधिसभा तर्फ ८ र प्रदेशसभा तर्फ १७ गरी २५ जनालाई साहले आफ्नो टिमबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्