दमक/ प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्रकुमार राई र अर्थमन्त्री इन्द्र बहादुर आङबो आआफनो गृह जिल्लाबाट पुनः प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन ।
सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका मुख्यमन्त्री राई भोजपुरबाट प्रदेशसभामा निर्वाचित भएका हुन् ।
राईले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका हरिबहादुर राईलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
निर्वाचन क्षेत्र नं.१ मा जम्मा खसेको ३२ हजार ४ सय ९ मतमध्ये राजेन्द्र कुमार राईले १६ हजार १ सय १० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका हरि बहादुर राईले १२ हजार २ सय २३ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी राईले भन्दा राजेन्द्र कुमार राईले ३ हजार ८ सय ८७ मतान्तरले निर्वाचित भए ।
त्यसैगरी अर्थमन्त्री आङवो मौसम पाँचथरको निर्वाचन क्षेत्र १ (२) बाट निर्वाचित भएका छन । माओवादी केन्द्रका नेता समेत रहेका गठबन्धन तर्फका उम्मेदवार आङबो १५ हजार ६७२ मत ल्याएर एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन । एमालेका नेम्वाङले १२ हजार ६ सय ५ मत प्राप्त गरेका छन । पाँचथरबाटै अर्को प्रदेश सभा सदस्यमा नेकपा एकीकृत समाजवादीका कमल प्रसाद जवेगु १६ हजार ८३७ मत ल्याएर विजयी भएका छन । उनका प्रतिस्पर्धी एमालेका राजकुमार भण्डारीले १६ हजार २०४ मत पाएका छन ।

पूर्व मुख्यमन्त्री शेरधन राई जोखिममा
त्यसैगरी प्रदेश एक सरकारका पूर्व मुख्यमन्त्री शेरधन राई यो निर्वाचनको हाल सम्मको मतगणना निक्कै पछि परेका छन । भोजपुरबाटै प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहेका नेकपा एमालेका नेता राईलाई गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सुदन किराँतीले २ हजार २ सय मतले पछि पारेका हुन । किराँतीले १४ हजार ८५ मत प्राप्त गर्दा शेरधनले ११ हजार ८३८ मत पाएका छन ।