मोरङ/ मोरङ निर्वाचन क्षेत्र नं ३ प्रतिनिधि सभा प्रत्यक्ष तर्फ कांग्रेसका सुनिलकुमार शर्माले पूर्व मन्त्री एमालेका भानुभक्त ढकाललाई दोब्बर बढी मतले पछि पारेका छन । पछिल्लो मत परिणाम अनुसार शर्माले ५०६७ मत पाएका छन भने ढकालले २४६८ मत पाएका छन । त्यहाँँ अधिक चर्चामा रहेकी नायिक रेखा थापाले १४५२ मत पाएकी छिन ।
सो क्षेत्रमा पर्ने पथरीशनिश्चरे नगरपालिकाका ३ र ७ नम्बर वडा तथा सुन्दर हरैंचा नपाका र ११ नम्बर वडाको मतगणना भएको बताइएको छ ।