दमक/झापा क्षेत्र नं ५ अन्तर्गतका दुवै प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनको मतगणनाको पहिलो पटक नतिजा सार्वजनिक भएको छ । यसअघि प्रतिनिधि सभा सदस्यको मात्रै मत परिणाम सार्वजनिक हुँदै आएकोमा केहीबेर अघि ५ (१) र ५ (२) को पनि नतिजा सार्वजनिक भएको हो ।
प्रदेश सभा क्षेत्र १ मा १ हजार ९९९ मत गणना भएको छ । जसमा एमालेका उम्मेदवार हिक्मत कार्कीले ९ सय ८१ म्त पाएका छन भने कांग्रेसका जिवनकुमार राईले ६३२ मत पाएका छन । त्यस्तै २ मा एमालेका होमबहादुर थापाले १ हजार २ सय १७ मत पाएका छन भने माओवादी केन्द्रका गगन पुरीले ७४७ मत पाएका छन ।