दमक/ झापाको निर्वाचन क्षेत्र नं ४ मा हाल सम्म १२ हजार ४ सय ८ मत गणना भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार हाल सम्मको गणनामा एमालेका उम्मेद्वार लालप्रसाद साँवाले ४ हजार २०४ मत प्राप्त गरेर अग्रता लिएका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले ४ हजार १७० मत ल्याएर साँवालाई पछयारहेका छन । दुवैजना उम्मेद्वारको मतान्तर ३४ मत रहेको छ । त्यस्तै कांग्रेसका देउमान थेवेले २ हजार ४६७ मत प्राप्त गरेका छन् । हाल सम्म ८१० मत बदर भएको छ ।
अहिले कनकाई–३ को कनकाई मावि मतदान स्थल र कनकाई–६ स्थित चम्पापुर मावि मतदान स्थलको एक ठाउँमा र अर्को ठाउँमा कनकाई माविकै साथमा जामुनबारीस्थित सरस्वती मावि मतदान स्थलको मत गणना भइरहेको निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिए ।
झापा क्षेत्र नं।४ मा १ लाख २३ हजार १२४ कुल मतदाता रहेकोमा यस क्षेत्रमा ७९ हजार ३४९ मत खसेको बताइएको छ ।