दमक/ झापाको निर्वाचन क्षेत्र नं ५ मा प्रतिनिधि सभा तर्फको मतगणनासंगै आज मंगलबार १० बजेदेखि प्रदेश सभा सदस्य तर्फको पनि मतगणना शुरु हुँदैछ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार प्रतिनिधि सभा तर्फ अहिले सम्म नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुरुवातदेखिको अग्रतालाई कायम राखेका छन ।
गौरीगञ्जको मतगणना सकिइसकेको छ भने अहिले गौरादहको मतगणना भइरहेको छ ।
अहिले सम्म प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ १८ हजार ३ सय ४८ मत गणना हुँदा ओलीले ८ हजार ९ सय ७८ मत पाएका छन भने उनका प्रतिस्पर्धी कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारीले ५ हजार ४ सय ४८ मत पाएका छन । ओली र अधिकारीको मतान्तर ३५३० मत रहेको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश पोखरेलले १ हजार ४ सय ८६ मत ल्याएका छन ।

Facebook Comments Box