झापा/ पूर्व पश्चिम लोकमार्ग अन्तर्गत झापाको कन्काई ७ दुर्गापुरमा यात्रुबहाक बसको ठक्करबाट एकै दम्पती ( पति पत्नी)को मृत्यु भएको छ ।
आज अपरान्ह करिब ४ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६७९४ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको मे ७ प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक अर्जुनधारा न.पा.वडा नं. ६ का ५२ बर्षिय नरेन्द्र मैनाली र पछाडी सवार उनकी श्रीमती ५० बर्षिया सीता देबी मैनाली रहेका छन । दुर्घटनामा घाईते उनीहरुलाई उपचारका लागि बिएण्डसी अस्पताल विर्तामोड लगिएकोमा साढे ४ बजे चिकित्सकहरुले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

Facebook Comments Box