दमक/ दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकूल श्रेष्ठलाई पितृशोक परेको छ ।
दमक १ निवासी श्रेष्ठका बुबा भक्त बहादुर श्रेष्ठको ८२ बर्षको उमेरमा आज बिहान साढे ९ बजे निधन भएको हो । स्वर्गीय श्रेष्ठको निजी निवासमा निधन भएको हो । श्रेष्ठको आजै दिउँसो १ बजे कन्काई माईमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ । स्व. श्रेष्ठ केही बर्षयता दम सम्बन्धि समस्याबाट पीडित थिए ।
