मङ्सिर १ देखि सीमा नाका बन्द

Author Nishkarsha News
२०७९ कार्तिक २८, सोमबार १९:५४

भद्रपुर/ आसन्न निर्वाचनलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय झापाले मंसिर १ गते मध्यरातिदेखि ४ गते मध्यरातसम्म नेपाल भारत सीमा नाका बन्द गर्ने जनाएको छ ‌‌।

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आज सूचना जारी गरी तीन दिनका लागि नेपाल भारत सीमा नाका बन्द हुने जनाएका हुन् ।आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित बनाउन सीमावर्ती नाका बन्द गरेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । नाका बन्दका क्रममा अत्यावश्यक बाहेक सीमाबाट आवगमन निषेध गरिएको प्रशासनद्धारा जारी सूचनामा उल्लेख छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्