झापा/  भद्रपुर नगरपालिका–५ बाट प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  हिजो बुधबार राती ८ बजे अस्थायी प्रहरी पोष्ट मेचीपुलबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका मेचीनगर नगरपालिका–१३ झापाका २३ बर्षीय सन्दीप गौतम र ईसान श्रेष्ठलाई ३ ग्राम ६६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

Facebook Comments Box