दमक/ झापा क्षेत्र नं ५ मा कांग्रेस नेतृत्वको बाम – लोकतान्त्रिक गठबन्धनले चुनाव प्रचार प्रसारालाई शुक्रबार पनि तिब्रता दिएको छ ।
गठबन्धनका उम्मेदवारहरु स्थानीय पार्टी नेता, कार्यकर्ताहरु समेतको उपस्थितीमा चुनाव प्रचार प्रसारमा व्यस्त भएका हुन । २०४८ साल यताका निर्वाचनमा लगातार जस्तो एमालेले चुनावी जित निकाले पनि आम नागरिकका समस्याहरुको समाधान हुन नसकेको भन्दै यस क्षेत्रका मतदाताले यसपटक एमालेको विकल्प खोजेको प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका कांग्रेस नेता खगेन्द्र पाण्डव अधिकारीले बताए । शुक्रबार बिहान चुनाव प्रचारका सिलसिलामा कमलको वडा नं २ स्थित चुनाव प्रचार प्रसार कार्यालयको उदघाटन पछि उम्मेदवार अधिकारीले असमयमै संसद विघटन गरेर लोकतन्त्रमाथि प्रहार गर्ने उम्मेदवार अब झापा ५ का मतदाताको रोजाईमा नपर्ने निश्चित रहेको डा. अधिकारीको भनाई छ ।
सो अवसरमा कांग्रेस महाधिवेशन प्रतिनिधि राजन बहादुर ढुंगानाले दिनको संकेत बिहानीले गर्छ भनेझैं स्थानीय तहको निर्वाचन परिणामले पनि यो क्षेत्रमा आसन्न निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनको जितको संकेत गरिसकेको जिकिर गरे । उनले स्थानीय बिकासका मुद्धाहरुमा कुनै भुमिका निर्वाह नगरेका, योजनामा मिलेमतो गरेर अधुरै छोडेका एमाले उम्मेदवारहरु आफूलाई बिकासको स्वघोषित ठेकेदार भनाउँदै भ्रमपूर्ण प्रचारमा निस्किएको आरोप लगाए ।
समयगढमा आयोजित कमल २ का चुनाव प्रचार प्रसार समितिको कार्यालय उदघाटनमा कांग्रेस केन्द्रिय सदस्य महेन्द्रकुमारी लिम्बु, प्रदेश सभा सदस्यका उम्मेदवार जिवनकुमार राई, केन्द्रिय निर्वाचन परिचालन समिति सदस्य नेता पदमबहादुर पौडेल लगायतको विशेष उपस्थिती रहेको थियो । सो पछि उम्मेदवारहरु चुनाव लक्षित घरदैलोमा व्यस्त रहने सो क्षेत्रका निर्वाचन परिचालन संयोजक हेमन्त कार्कीले जानकारी दिए । त्यसैगरी निर्वाचन क्षेत्र नं ५ (२) का प्रत्यक्ष उम्मेदवार गगन पुरीले शुक्रबार बिहान कमल ५ का मतदाताहरुसंग भेटघाट र अन्तरक्रिया गरेका छन । सो अवसरमा उम्मेदवार पुरीले स्थानीय बिकास निर्माणका योजनाहरुमा आफूले विगतदेखिनै खेल्दै आएको भुमिकाका बिषयमा यस क्षेत्रका मतदाताहरु जानकार रहेको बताउँदै चुनावमा हार जितलाई आफूले ठुलो बिषयका रुपमा नलिई निरन्तर यो क्षेत्रको बिकास र आम नागरिकहरुका समस्याहरुको समाधानका लागि लागिपरेको बताए ।

