दमक/ झापा क्षेत्र नं ५ मा नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले बिहिबारदेखि राष्ट्रिय विभुती महागुरु फाल्गुनन्दको शालिकमा पूजा अर्चना गरेर खुल्ला चुनाव प्रसारको प्रारम्भ गरेका छन ।
यस क्षेत्रमा कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी नेतृ महेन्द्रकुमारी लिम्बुसहित प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. खगेन्द्र पाण्डव अधिकारी, क्षेत्र नं ५ अन्तर्गतको प्रदेश सभा क्षेत्र २ का उम्मेदवार गगन पुरी, कांग्रेसका समानुपातिक तर्फका उम्मेदवार अइन्द्र केरुङसहित  पार्टी नेता, कार्यकर्ताहरु बिहान दमक १ स्थित समाजसुधारक राष्ट्रिय विभुती महागुरु फाल्गुनन्दको शालिकमा पूजा अर्चना गरी चुनावी प्रचार प्रसारमा निस्किएका हुन ।


सो अवसरमा गठबन्धनका संयुक्त निर्वाचन परिचालन समिति संयोजक समेत कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीसहित नेता, कार्यकर्ताहरु सहभागी भएका थिए । सो लगत्तै चुनाव लक्षित घरदैलो कार्यक्रमको पूर्व निर्धारित कार्यक्रम अनुसार उम्मेदवारहरु दमक ४ मा पुगेका थिए ।

दमक ४ का विभिन्न स्थानमा भएका चुनावी कोण सभालाई नेविसंघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पा, कांग्रेस महाधिवेशन प्रतिनिधि मेदनी प्रसाद सिटौला, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुरेन्द्र बस्नेत उम्मेदवारद्धय डा. अधिकारी र पुरी लगायतले सम्बोधन गरेका कांग्रेस दमक नगर सचिव दिपेश दाहालले जानकारी दिए । चियादोकान, पिपल चोक, टावर चोक, कृष्णमन्दिर, डिपु चोक लगायतका स्थानमा चुनावी कोणसभा सम्पन्न गरिएको सो वडामा सत्तारुढ गठबन्धनद्धारा गठित वडास्तरीय निर्वाचन परिचालन समिति संयोजक राजेन्द्र भट्टराईले बताए ।

Facebook Comments Box