दमक/ ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–२ मा स्काभेटरमा आगजनी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिशंखुगढी–१ का २९ बर्षीय तुलसीराज अधिकारी रहेका छन ।
सृजनशील कन्स्ट्कसन प्रा.लि.को बा.३ ख ४३०६ नम्वरको स्काईभेटरमा चिशंखुगढी–२ स्थित बाङ्गे खोला नजिक सडक छेउमा रोकेर राखेको अवस्थामा कार्तिक १४ गते राती आगजनी भएको थियो ।
प्रहरी चौकी खानिभञ्याङ र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको प्रहरी टोलीले स्काईभेटरमा आगजनी गर्ने अधिकारीलाई भाग्दै गरेको अवस्थामा चिशंखुगढी–१ सुर्केटारबाट आज बिहान पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा राखेर थप अनुसन्धान भईरहेको छ । सो स्काईभेटरले माझिटार–हिलेछाप कच्चि भित्रि सडक खण्डमा मर्मत कार्य गर्दै आईरहेको थियो ।