दमक/ दमक नगरपालिका वडा नं.-१० आमबाडीका १४ बर्सिय दियुस श्रेष्ठलाई छ्ठ पुजास्थलमा छुरा प्रहार गरि हत्या गरेको आरोपमा पाँच जना पक्राउ परेका छ्न ।
पूर्व रिसिईवीको कारण मोरङ उर्लाबारी नगरपालिका वडा नं.-७ स्थित मावा खोलामा छैठ पुजा चलिरहेको बेला छुरा हानेको घटनामा सम्लग्न रहेको आरोपमा उर्लाबारी नगरपालिका वडा नं.-६ चन्द्रमा चौक बस्ने बर्ष १७ का सरोज बस्नेत , वडा नम्बर ६ वानडाँडा बस्ने बर्ष १७ का सन्देश खवास, उर्लाबारी नगरपालिका वडा नं.-७ तरूण चौकका १६ बर्सिय सपन खत्री, उर्लाबारी वडा नं.-६ पानीट्यांकी बस्ने बर्ष १६ का मन्जिल माझी र उर्लाबारी नगरपालिका वडा नं.-६ वानडाँडाका बर्ष १७ का विकास तामाङ पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी टोलीले उनीहरुलाई घटनापछि विभिन्न ठाउँमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । उनीहरुका साथबाट घटनामा प्रयोग भएको चक्कु समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आईतवार साझ भएको सो घटनाका घाइते श्रेष्ठको उपचारका क्रममा आज बिहान साढे ४ बजे बिएन्सी अस्पताल बिर्तामोडमा मृत्यु भएको थियो ।
