दमक/ झापा दमकका सफल युवा व्यवसायी तथा लायन लिडर अजय अग्रवालले जन्मदिनमा हुने फजुल खर्च कटौती गर्दै आश्रममा बस्दै आएका ज्येष्ठ नागरिकहरुका लागि श्रव्यदृश्य सामग्री ( स्मार्ट टेलिभिजन सेट) प्रदान गरेका छन ।


लायन्स क्लब इन्टरनेशनल ३२५ सीका जिएस ओअर्डिनेटर समेत रहेका अग्रवालले लायन्स क्लब झापा मार्फत दमक ४ स्थित श्री रत्न ज्येष्ठ नागरिक आश्रममा आश्रित बृद्धबृद्धाहरुलाई मनोरञ्जनसंगै सूसुचित गराउन सहयोग पुरयाउने उद्धेश्यले ३२ हजार मुल्य बराबरको सो टेलिभिजन सेट प्रदान गरेका हुन ।
गत बिहिबार परेको अग्रवालको जन्मदिनमा तिहारको व्यस्तताका कारण समय अभाव भएको कारण शनिबार आश्रममा नै पुगेर लायन्स क्लब झापा मार्फत सो सामग्री प्रदान गरेका क्लबले जनाएको छ ।
दाता अग्रवालले आश्रममा खडकिएको आवश्यकतालाई मध्यनजर गर्दै २०७२ साल देखिनै लायन्स क्लबले निरन्तर विभिन्न किसिमका सहयोगका कार्यक्रमहरुलाई निरन्तरता दिइदै आएको बताए ।
सो सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षता लायन्स क्लब झापाका अध्यक्ष अशोक चौधरीले गरेका थिए भने सञ्चालन क्लबका सचिव विष्णु पोखरेलले गरेका थिए । कार्यक्रममा लायन्स क्लबमा आवद्ध सामाजिकत तथा सहयोगी व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । सो आश्रममा यसअघि तिज पर्वको अवसरमा लायन्स क्लब एक्टिभले सामुहिक तिज कार्यक्रम गरेको थियो। सो आश्रमका संस्थापकहरुले आश्रम स्थापनापछि दमकमा अवस्थित सामाजिक संघ संस्थाहरुलाई सो संस्थालाई उद्धेश्य अनुरुप उपयोगमा ल्याउन र आवश्यक सहयोगका लागि समेत योगदान दिन गरेको आव्हानलाई मध्यजर गर्दै लायन्स क्लबहरुले निरन्तर रुपमा आवश्यकता अनुसारको सहयोग गर्दै आएको बताइएको छ ।

Facebook Comments Box