दमक/ मंगलबार राती करिब ८ बजे उदयपुरको कनपा –११ हर्देनीस्थित सिद्धिचरण सडक खण्डमा आफैंले चलाएको मोटरसाइकल भिरबाट ५०० मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ ।
कटारीबाट हर्देनी तर्फ जादै गरेको लु ८८ प १८५६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर ५०० मिटर तल खस्दा सोही ठाउँका २४ बर्षिय यम्बर बहादुर श्रेष्ठको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । मोटरसाइकल पछाडी सवार सोही ठाउँकी २१ बर्षिया ईन्दिरा कार्कीको गम्भिर घाईते अवस्थामा प्रहरीले उद्धार गरी अस्पताल तर्फ पठाएको जनाइएको छ ।