दमक/ आज मंगलबार साँझ साढे ६ बजे भएको मोटरसाइकल दुर्घटनामा उदयपुरको बेलक नगरपालिका वडा नं १ मा एक जनाको मृत्यु भएको छ ।
त्यहाँको ईटाभट्टास्थित रामपुर–रुपनगर सडक खण्डमा रामपुरबाट आम्वासी तर्फ आउदै प्र १–०२–०४६प ४५३७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर सडक छेउको कल्बर्टमा ठोक्किएर खाई दुर्घट्ना हुँदा चालक आम्वासीका ३५ बर्षिय धन ब. तामाङ्गको मृत्यु भएको हो ।
टाउको र छातमा गम्भिर चोट लागेका उनको उपचारार्थ बिराटनगर तर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Facebook Comments Box