दमक/ झापाको कमल गाउँपालिका वडा न।–३ केर्खाबाट प्रहरीले खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरी टोलीले मे।५प।९८१८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई १० ग्राम खैरोहिरोइनसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा अर्जुनधारा ९ का २६ बर्षिय अजय माझी र सोही ठाउँका २८ बर्षिय अर्जुन राजबंशी रहेका छन । उनीहरुको साथबाट मोटरसाइकलसहित नगद १६ हजार समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।