दमक/ व्रिटिस काउन्सिलको टोलीले शैक्षिक प्रगतिका बारेमा डकुमेन्ट्री बनाउन दमकस्थित झापा मोडल अंग्रेजी मावि ( जेम्स) लाई रोजेको छ । काउन्सिलबाट आएको टोलीले अन्तराष्ट्रिय स्कूल अवार्डमा प्रस्तुत गर्ने डकुमेन्ट्रीका लागि आवश्यक कुराहरु लिने बताइएको छ ।
विद्यालयका प्रिन्सिपल सागर श्रेष्ठका अनुसार बिहिबार र शुक्रबार सो विद्यालयका विद्यार्थी, अभिभावक र शिक्षक तथा प्रिन्सिपलसंग प्रत्यक्ष कुराकानी गरेर टोलीले आवश्यक सामग्री लगेको हो ।
त्यस किसिमको डकुमेन्ट्रीका लागि नमुना किसिमका शैक्षिक संस्थाहरुलाई टोलीले छनौट गर्ने गरेको छ ।
त्यस्तो संस्थाको सूचीमा झापा मोडललाई प्रदेश १ कै उत्कृष्ट शैक्षिक संस्थाका रुपमा मुल्याङकन गरेर सो टोलीले छनौट गरेको बताइएको छ । टोलीमा काउन्सिलबाट वर्खा मुखिया र मन्जित लामा सहभागी थिए ।