दमक/ झापाको हल्दिवारीमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका– २ का २१ वर्षीय सुकलाल राजवंशी रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार हल्दिबारी पाराखोपी सडक खण्ड अन्तरगत हल्दिबारी– २ स्थित रामलाल चोक नजिकै आइतबार (आज) साँझ ६ः१५ बजे मे ५ प २१६१ नम्बरको मोटरसाइकलले मे ६ प ४१०३ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिदा भएको दुर्घटनामा मे ५ प २१६१ नम्बरको मोटरसाइकलको पछाडी सवार राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो मोटरसाइकलमा दुई जना सवार थिए, भने अर्काे मोटरसाइकलमा तीन जना सवार थिए । यता हल्दिबारी प्रहरी चौकीले दुवै मोटरसाइकलसहित अन्य चार जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाइएको छ । (हल्दीबारी डटकमबाट)