दमक/ तिहारको अवसर पारेर ग्वालडुब्वा युवा समूह तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्था ( ग्वाल्डुब्वा एनएमसी ) को संयुक्त आयोजनामा ग्वाल्डुब्वा बजार क्षेत्र बृहत सरसफाइ गरिएको छ ।
ग्वाल्डुब्वा युवा समूहका अध्यक्ष भोला चक्रवर्तीको नेतृत्वमा स्थानीय व्यवसायी तथा सर्वसाधारण युवाहरु स्थानीय प्रहरी चौकीमा कार्यरत प्रहरीसाथै बिभिन्न संस्थाको संयुक्त सहभागितामा सरसफाई कार्यक्रम सञ्चालन गरिएको हो ।
सो अवसरमा एनएमसीका प्रमुख भोला सुवेदी, दुर्गा मन्दिर अध्यक्ष अमर सुवेदी प्रहरी चौकीका इन्चार्ज बिमल श्रेष्ट ग्वालडुब्वा युवा समूहका प्रकाश चुँडाल केशब रेग्मी , लक्की ताजपुरिया , नबिन ठाकुर , रन्जित चौधरी , शम्भु शर्मा लगायत ग्वालडुब्वा युवा समूहका तथा एनएमसी समिति तथा कर्मचारीहरु सरसफाइमा जुटेका थिए ।

Facebook Comments Box