ताप्लेजुङ/ ताप्लेजुङमा बिद्याराज लिम्बु नाम गरेका एक व्यक्तिले छोरा समेतको संलग्नतामा आफनी श्रीमतीलाई कुटपिट गरी हत्या गरेका छन । हत्या अभियोगमा बाबु छोरा दुवैलाईप्रहरीले पक्राउ गरेको छ ।
छोरासँग मिलेर कुटपिट गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा आठराई त्रिवेणी गाउँपालिका–३ हाङ्पाङका ४५ वर्षीय लिम्बू र २१ बर्षिय छोरा मनोज लिम्बु पक्राउ परेका हुन ।
प्रहरीका अनुसार दाउराको चिर्पट प्रहार गरी बिद्याराजकी श्रीमती तथा मनोजकी आमा विष्णुकुमारी लिम्बूको हत्या गरेका हुन । गत असोज २७ गते बाबुछोरा मिलेर विष्णुकुमारीमाथि कुटपिट गरेका थिए । कुटपिटका कारण उनको मृत्यु भएको जनाइएको छ ।

 

Facebook Comments Box