दमक /  दमकमा रहेका मैथिली भाषी समुदायमा संगठन निर्माण भएको छ । समुदायका अगुवा कृष्ण शाह तेलीको अध्यक्षतामा मैथिली सेवा समिति दमक नामको संस्था गठन भएको हो ।

 जिल्ला प्रशासन कार्यालय झापामा दर्ता समेत गराएको सो संस्थाको बिधान दमक वडा नम्बर ७, दमक नगरपालिकामा समेत औपचारीक रुपमा संस्था दर्ता गरिएको अध्यक्ष तेलीले जानकारी दिए ।

नवगठित समितिको उपाध्यक्ष राजिब पूर्वे, सचिव अविनाश कुमार झा, सहसचिव राम शर्मा र कोषाध्यक्ष सन्तोष शाह तेली चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा गोपाल शाह तेली, बाबा गिरी, जगदिश महतो, ललन शाह, बिनय शर्मा, अशोक शाहका साथै वडा नम्बर ६ बाट सरस्वती शाह, वडा नम्बर ९ बाट पनि सरस्वती शाह चयन भएको सचिव अविनासले जानकारी दिए ।

समितिले दमकमा रहेका मिथिलाञ्चल क्षेत्रका समुदायहरुलाई एकताबद्ध बनाउने अध्यक्ष तेलीले बताए । मिथिलाञ्चलको संस्कार संस्कृतिलाई जगेर्ना गर्न, समाजमा भाइचारा कायम गर्न र मैथिली समुदायलाई अभिभावकत्व प्रदान गर्न समिति क्रियासिल रहने जनाइएको छ ।

Facebook Comments Box