दमक/ झापाको गौरादह ९ बैगुन्धुराका १९ बर्षिय एक युवकसहित दुई जनालाई प्रहरीले पक्राउ गरी डाका मुद्धामा अनुसन्धान अघि बढाएको छ । गत असोज ३०गते रातको १ बजे जिल्ला मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं. ४ स्थित पूर्व पश्चिम राजमार्गमा ना ६ ख ६३९९ नम्बरको कन्टेनर गाडीका चालक रामबहादुर गिरीलाई सुतिरहेको अवस्थामा लुटपाट मच्चाएको आरोपमा बैगुन्धुराका १९ बर्षिय मुकेश खतिवडा र धनकुटा महालक्ष्मी नगरपालिका वडा नं १ लेगुवाका २२ बर्षिय हेमबहादुर बस्नेतलाई ३ असोजमा प्रहरीले पक्राउ गरेको हो ।
गिरीका सामानहरू डकैती शैलीमा लुटेर फरार भएका उनीहरुलाई प्रहरीले लुटिएको सामानसहित पक्राउ गरी सो मुद्धामा मोरङ जिल्ला अदालतबाट डाका तीन दिन म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनीहरुको साथबाट सुनको सिक्री एक थान, ब्रासलेट एक थान, मोवाइल एक थान , नगद ४५ हजार एटिएम कार्ड समेत बरामद भएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box