दमक/ रूपन्देहीको भैरहवास्थित बाल सुधार गृहबाट बलात्कार, लागुऔषध र चोरी मुद्दाका पाँच किशोर फरार भएका छन् । बालसुधार गृहका अनुसार नवलपरासीका ३ जना, रुपन्देही र कपिलवस्तुका एकरएक जना किशोर सोमबार विहान ३ बजेतिर भागेका हुन् ।

भागेकामध्ये ३ जना बलात्कार, एक जना चोरी र एक जना लागुऔषध मुद्दामा अभियोग प्रमाणित भई सजाय काटिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

उनीहरु भान्साको झ्यालको डण्डी काटेर भागेको अनुसन्धानबाट खुलेको छ । ५ वर्षअघि निर्माण भएको बालसुधार गृहको सुरक्षाको लागि प्रहरी नायव निरीक्षकको नेतृत्वमा १० जना प्रहरीको दरबन्दी रहेको छ । ६० जनाको क्षमता रहेको सुधार गृहमा ८८ जना किशोरलाई राखिएको छ । फौजदारी मुद्दामा दोषी प्रमाणित भएका तर १८ वर्ष उमेर नपुगेकाहरुलाई जेलको सट्टा बाल सुधार गृहमा राख्ने गरिन्छ ।

 

Facebook Comments Box