दमक/ गौरीगञ्जमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनका दलहरूले संयुक्त प्रचार अभियानलाई अघि बढाएका छन । झापा क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य पदका गठबन्धन दलहरूको तर्फका उम्मेद्वार डा. खगेन्द्र पाण्डब अधिकारी तथा प्रदेश (क) का प्रदेश सदस्य उम्मेद्बार जीवन कुमार राईसहित नेता, कार्यकर्ताहरुको समुहले पहिलो चरणमा गठबन्धनमा आवद्ध दलका स्थानीय कार्यकर्ता तथा शुभेच्छुक, समर्थकहरुमाझ परिचयसंगै चुनाव लक्षित भेटघाट कार्यक्रम गरेका हुन ।
बुधबार गौरीगञ्ज गाउँपालिका वडा नं. ४ को बार्हसुद्वि, नयाँहाट, बेलडाँगी, कदमगाछी, कद्दुभिट्टा, चन्द्रबंशी टोल, भवानीपुर, बेलडाँगी, सुकुम्बासी टोल, लगायतका स्थानमा चुनाव लक्षित भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको झापा ५ (१) का चुनाव प्रसार समिति संयोजक हेमन्त कार्कीले जानकारी दिए ।
त्यस अवसरमा सडक, विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका समस्याहरुलाई समानान्तर तवरले सम्बोधन गर्दै रतुवा पुल सञ्चालन, भन्सार कार्यालयको स्तोरन्नी, कृषि सिंचाई , मोवाईल टावर स्थापना, नयाँहाट बजारको स्तोरन्नतीका योजनाहरुलाई प्राथमिकता दिन ध्यानाकर्षण गराइएको थियो ।
ति चुनावी कार्यक्रमहरुमा नेपाली कांग्रेस प्रदेश १ का कार्यसमिति सदस्य प्रकाश कार्की, क्षेत्रीय चुनाव परिचालन संयोजक ढुण्डीराज भण्डारी, महाधिवेशन प्रतिनिधि तथा पूर्व गौरादह नगर प्रमुख रोहित कुमार साह, महाधिवेशन प्रतिनिधि लक्ष्मी बाह्रकोटी, माओवादी केन्द्रका नेता हुकुमसिंह नेपाली, नेपाली कांग्रेस प्रदेश ‘क’ का कार्यवाहक सभापति आत्माराम राजवंशी, गौरादह नगर सभापति गोपाल कोईराला, जिल्ला सदस्य ईश्वर खत्री, प्रदेश प्रतिनिधि भोला चक्रवती, गौरादह वार्ड नं. ७ का सभापति दिलनाथ कटुबाल, नेपाली कांग्रेस गौरीगञ्ज सभापति अघ्नु राजवंशी, नेपाली कांग्रेसका नेता महेन्द्र बुढाथोकी, माओवादी केन्द्र गौरादह अध्यक्ष कुमार खतिवडा, कांग्रेसका गाउँ सचिव गोपाल ताजपुरिया, वडा नं ४ का सभापति देवकुमार ताजपुरिया, वडा सचिव दिवस राजवंशी, क्षेत्रिय प्रतिनिधि नरविर नेम्वाङ, अगमलाल राजवंशी, देवनारायण राजवंशी, गौरादह तरूण दल सभापति बाबुराम नेपाल, रेखा राजवंशी, लक्ष्मी राजवंशी, तुलसा राजवंशीलगायत नेपाली कांग्रेस माओवादी केन्द्रसहित गठबन्धन दलका नेता तथा कार्यकर्ताहरू सहभागी थिए ।

