ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोलामा भएको एउटै दुर्घटनामा दुई परिवारका चार जनाको मृत्यु भएको छ । मंगलबार मध्यरातको साढे १२ बजे मैवाखोला गाउँपालिका वडा नं.४ स्थित भित्रि कच्चि सडक अन्तर्गत चाप्लिङ खोल्सामा तेलाबुङबाट मैवाखोला–५ काम्साङ फर्कने क्रममा रहेको ट्रयाक्टर भिरबाट खसेर भएको दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको ट्राफिक १ न. प्रदेश प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा ताप्लेजुङ मैवाखोला ५ काम्साङका लाक्पा नुर्बु शेर्पाका छोरा ३१ बर्षिय पासाङ शेर्पा, उनका सहोदर भाई २४ बर्षिय फुर्वा शेर्पा ,मैवाखोला वडा नं.४ ओदकका पासाङ छेटु शेर्पाका दुई छोरी १७ बर्षिया लाकी शेर्पा र २२ बर्षिया सर्मिला शेर्पा रहेका छन ।
मैवाखोला–१ तेल्लाबुङ सब–स्टेशनले लिजमा लिएर मृतक शेर्पा दाजुभाईले सञ्चालन गर्दै आएको तत्काल अगाडीको अल्फाबेट नखुलेको ५६५५ नम्बरको ट्याक्टर भिरबाट पल्टिएर दुर्घटना भएको हो ।