दमक/ नेकपा एमाले र राप्रपाका उम्मेदवारहरु सम्मिलित संयुक्त चुनाव प्रचार प्रसार समितिले झापाको निर्वाचन क्षेत्र नं ४ अन्तर्गत झापा गाउँपालिका वडा नं ५ का ६ स्थानमा मंगलबार चुनावी कार्यक्रम सञ्चालन गरेको छ ।
प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष उम्मेदवार एल.पी साँवा लिम्बु र क्षेत्र नं ४ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार भक्ति सिटौलासहितको टोलीले चुनाव प्रचार प्रसारसहित घरदैलो कार्यक्रम सञ्चालन गरेको हो ।
वडा नं ५ को चामुपारा, सिमलडाँगी, नजहुल गाउँ, मेचीबस्ती, पन्तापाडा र साविकको सरणामतीमा घरदैलोसहित चुनावी कोणसभा सम्पन्न गरेको हो । सो अवसरमा नेकपा एमालेका नेता एवं प्रत्यक्ष तर्फका उम्मेदवार साँवाले आफनो विगतको कार्यकालमा सो ठाउँमा शुरु गरिएका महत्वपूर्ण योजनाहरुको पूर्णताका लागि आफनो उम्मेदवारी रहेको बताए । उनले स्थानीयहरुका समस्याका बारेमा आफू जानकार रहेको बताउँदै बिकासको अनूभुति दिलाई छाडने प्रतिबद्धता पनि जनाए ।

Facebook Comments Box