दमक/ झापामा आज सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड २ बेलडाँगीमा विपरित दिशामा रहेका दुई मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा मे ५ प १६०४ नम्बरको मोटरसाइकल र बिपरित दिशा बाट जाँदै गरेको मे ३ प ५५८० नम्बरको मोटरसाइकलका चालकद्धय बाह्रदशी २ का २५ बर्षिय अनिस साउदेन र सोही गाउँपालिका वडा नं ६ का ४३ बर्षिय भोलाराज भुजेल रहेका छन । उनीहरुको बिएण्डसी अस्पतालमा साँझ पौने ६ बजे मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मोटरसाइकलमा सवार भुजेलकी श्रीमती ४२ बर्षिया चन्द्रकला भुजेल र ९ बर्षिया छोरी प्रशन्ना भुजेल घाईते भएका छन । उनीहरुको बिर्तासिटी अस्पतालमा विर्तामोडमा उपचार भइरहेको छ ।