दमक/सत्तारूढ संघीय समाजवादी पार्टीका एक जना स्थानीय नेतामाथि कपिलवस्तुमा अज्ञात समुहले गोली प्रहार गरेको छ । आज दिउँसो पार्टीको शुद्धोधन गाउँपालिका अध्यक्ष रामनयन यादवमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
वडा नम्बर ३ सुसरिया पुलनजिक उनीमाथि गोली प्रहार भएको हो । वडा नम्बर ५ घर भएका यादव तौलिहवा गइरहेको बेला मोटरसाइकलमा सवार दुई जनाले गोली हानेर भागेको प्रहरीले जनाएको छ । कुममा गोली लागेका उनको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box