दमक/ आन्तरिक राजश्व कार्यलय दमकका कार्यालय प्रमुख प्रमुख कर अधिकृत लवराज अधिकारीसंग दमकका उद्योगी व्यवसायीहरुको परिचयात्मक तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
दमक उद्योग वाणिज्य संघले प्रमुख कर अधिकृत अधिकारीसहित कर अधिकृत लक्ष्मण कार्की र दल बहादुर राईलाई स्वागत सम्मानसहित परिचय आदनप्रदान कार्यक्रम गरेको हो ।

संघका अध्यक्ष गोकूल श्रेष्ठको अध्यक्षतामा शुक्रबार संघको कार्यालयमा आयोजित सो कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष गापाल गुरागाइँ, प्रथम उपाध्यक्ष राजु खडकासहित पदाधिकारी एवं संघका सदस्य एवं व्यवसायी प्रतिनिधिहरु सहभागी भएका छन । तत्कालिन कार्यालय प्रमुख डम्बरु पराजुलीको सरुवा भएपछि दशैं अघि संघले उनको बिदाई गरेको थियो । संघले हरेक पटक कार्यालयमा आउने नयाँ कार्यलय प्रमुखसंग परिचयात्मक तथा स्वागत कार्यक्रम गर्दै आएको छ ।

Facebook Comments Box