दमक/ १७ बर्षिय एक युवकको अपहरणपछि हत्या गरेको आरोपमा विराटनगरबाट तीन जना पक्राउ परेका छन । सिरहा गोलबजार ३ बस्ने बर्ष १७ को अंशु सदालाई अपहरण विराटनगर महानगरपालिका वडा नं. ११ स्थित न्यू अप्सरा गेष्टहाउसमा ल्याएर हत्या गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा धनुषा कमल नगरपालिका वडा नं. ६ का १८ बर्षिय राकेश ठाकुर, सोही ठाउँका १८ बर्षिय विसु भन्ने प्रशान्त मण्डल र मोरङ रतुवामाई नगरपालिका वडा नं ५ का २६ बर्षिय मनोज कार्कीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भईरहेको एक जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Facebook Comments Box