दमक/ इलामको चुलाचुली गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बापतको रकम घर घरमै पुरयाउने प्रतिबद्धता कार्यन्वयन गर्न शुरु गरेको छ । यहाँका जनप्रतिनिधिहरुले स्थानीय चुनाव ताका गरेको प्रतिबद्धता अनुसार ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरुले पाउने भत्ता घरघरमै पुरयाउन शुरु गरेका हुन ।
चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले चुनावी प्रतिबद्धता व्यवहारमा लागू गर्ने प्रयास गरिएको बताए । अध्यक्ष केरुङले वडा नम्बर ५ का पुर्ण अपाङ्गता भएका र ९० बर्ष माथीका जेष्ठ नागरिकहरुलाई यस आर्थिक बर्षको प्रथम चौमासिकको भत्ता रकम उपलब्ध गराउँदै सो प्रतिबद्धता कार्यान्वयनको सुरुवात गरेका हुन । अन्य जेष्ठ नागरिकहरुलाई पनि वडा कार्यलयबाटै भत्ता वितरण गरिएको र ९० बर्ष माथिका र पुर्ण अपाङ्गता भएकालाई भने घरमै पुगेर भत्ता वितरण गरिएको अध्यक्ष केरुङले बताए ।
जेष्ठ नागरिकहरुलाई बैंक सम्म धाउन समस्या पर्ने भएकाले घरमै पुगेर जेष्ठ नागरिकको हातमै भत्ता रकम प्रदान गरिएको उनले बताए । समाजिक सुरक्षा भत्ता वापतको रकम एनएमबी बैंक संगको सहकार्यमा घरमै पुगेर उपलब्ध गराइएको हो ।
गाउँपालिकाका सबै वडामा सो कार्यक्रम सञ्चालन गरिने केरुङले बताए ।

Facebook Comments Box