दमक/ झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचनका स्वतन्त्र युवा उम्मेदवार हुन डम्बरबहादुर गिरी ।
कम्युनिष्ट राजनीतिमा लागेर राजनीतिक व्यवस्था परिवर्तनको आन्दोलनमा सशक्त र नेतृत्वदायी भुमिका निर्वाह गरेका युवा नेता गिरी एमालेले परिवर्तनका बाधक, प्रतिगामी शक्तिसंग तालमेल गरेर सो क्षेत्रका मतदातालाई अन्याय गरेको निष्कर्षसहित सो पार्टीबाट बिद्रोह गर्दै स्वतन्त्र उम्मेदवार बनेका हुन ।


उनले ४ मसिंरमा हुने सो निर्वाचनमा आफनो चुनाव चिन्ह सूर्यमुखीको फूल पाएका छन् । उनलाई बुधवार (आज) निर्वाचन अधिकृतको कार्यालयले सो चुनाब चिन्ह प्रदान गरेको हो ।
चुनाब चिह्न पाएसँगै मतदाताको घरदैलोमा पुग्ने आफनो अभियान शुरु गरेका गिरी यस पटकको प्रतिनिधिसभा निर्वाचनका लागि झापा जिल्लामै नयाँ , सशक्त र आशा लाग्दो युवा उम्मेदवारका रुपमा देखिएका छन । उनले उम्मेदवारी दिएको क्षेत्र झापा ३ राष्ट्रिय राजनीतिका दुई हेवीवेट उम्मेदवारहरु कृष्णप्रसाद सिटौला र राजेन्द्र लिङदेनले पनि उम्मेदवारी दिएको क्षेत्र हो । सिटौला र लिङदेनलाई सो क्षेत्रका मतदाताले यस अघिनै सांसद चुनिसकेका सकेका छन् ।

को हुन युवा उम्मेदवार गिरी ?

युवा बिद्यार्थी राजनीतिबाट उदाएका गिरी युवा संघ नेपालका पूर्व जिल्ला कमिटी अध्यक्ष पनि हुन । नेकपा एमालेका क्षेत्रीय कमिटी सचिव र हल्दिबारी गाउँपालिकामा उपाध्यक्ष निर्वाचित भइसकेका व्यक्ति हुन । उनले कुशलतापूर्वक गाउँपालिकामा आफनो पाँच बर्षे कार्यकाल बिताइसकेका छन ।
राप्रपासंगको चुनावी प्रतिस्पर्धामा यसपटक गाउँपालिका अध्यक्ष हुनबाट रोकिएका गिरीले संसदीय निर्वाचनमा भने राप्रपालाई नै समर्थन गरेर बस्नु पर्ने अवस्था पार्टीले सिर्जना गरिदिएपछि पार्टीप्रति कठोर बन्न बाध्य भएका हुन ।

लिङदेन र एमाले अध्यक्ष केपी शर्मा ओलीले आआफनो जित सुनिश्चित गर्न झापा ३ र झापा ५ लाई केन्द्र विन्दुमा राखेर अन्तिम समयमा आएर चुनावी तालमेलको निर्णय लिएपनि दुवै पार्टी भित्र राजनीतिक भविष्य बोकेका युवा नेता, कार्यकर्ताहरुको भावनामा भने ठेस लागेको पाइन्छ ।
गिरी कम्युनिष्टहरुको उर्वरभुमि झापाको क्षेत्र नं ३ स्वर्गीय दोर्णचार्य क्षेत्रीको कर्मथलोलाई लालकिल्ला बनाउने अभियानमा आफू रहेको बताउँछन ।  उनले आफनो उम्मेदवारी प्रस्तुत गर्दै सो क्षेत्रबाट चुनाव जितेका सिटौला र लिङदेनलाई जनजिविका, बिकास निर्माणका केही सवालहरु सार्वजनिक रुपमै पनि राखेका छन । जस्तै 

Facebook Comments Box