दमक/ झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा माओवादी केन्द्रबाट बिद्रोह गर्दै संघीय संसदमा प्रतिनिधित्वका लागि उम्मेदवारी पेश गरेकी सुलोचना राजवंशीले उम्मेदवारी फिर्ता लिएकी छिन ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन कार्यक्रम अनुसार आज दिउँसो १ बजे भित्र राजवंशीले उम्मेदवारी फिर्ता लिएकी हुन । उनले पाँच दलीय गठबन्धनका उम्मेदवारहरुको आग्रहमा सो समुहलाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएकी सामाजिक सञ्जालहरुमा सार्वजनिक भएको छ ।
त्यसैगरी प्रदेश खबाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका दुईजनाले उम्मेदवारी फिर्ता लिँदै बिकासका लागि एकताको सन्देश दिन चाहेको उल्लेख गरेका छन । प्रदेश सभा सदस्यको उम्मेदवारी फिर्ता लिनेमा स्वतन्त्र उम्मेदवारद्धय राजन चापागाइँ र दिपेन्द्र तिवारी रहेका छन । संयुक्त गठबन्धनका उम्मेद्वार गगन पुरीलाई समर्थन गर्दै उनीहरुले उम्मेद्वारी फिर्ता लिएको सामाजिक सञ्जालहरुमा देखिएको छ । बिभिन्न समाजिक क्रियाकलापमा सक्रिय साथीभाई समुहका सचिव दिपेन्द्र तिवारी र युवाहरु माझ लोकप्रिय राजन चापागाईंले उम्मेदवारी फिर्ता लिएका हुन । सो अवसरमा साथीभाई समुहका अध्यक्ष गंगा सिटौलाले पनि यस क्षेत्रमा आफुहरुको साथ र समर्थन पुरीलाई भएको बताए ।
