दमक/ राष्ट्रिय राजनीतिमै विशेष महत्व राख्ने झापा जिल्लाको निर्वाचन क्षेत्र नं ५ मा सत्तारुढ दलहरुको गठबन्धनले निर्वाचनको तयारी गरेको छ । २३ असोजमा उम्मेदवारहरुको मनोनयन दर्ता भएसंगै आन्तरिक छलफलमा केन्द्रित भएका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरुको संयुक्त गठबन्धनले झापा क्षेत्र नंम्बर ५ का साझा उम्मेदवारलाई जिताउने कसरत स्वरुप निर्वाचन परिचालन मुल समितिसहित विभिन्न उपसमितिहरु गठन गरेका हुन ।
दमकको बालुवाटारस्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा मंगलबार सम्पन्न संयुक्त बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि कांग्रेस झापा ५ का सभापति ढुण्डीराज भण्डारीको संयोजकत्वमा संघीय निर्वाचन क्षेत्रस्तरीय निर्वाचन परिचालन समिति गठन गरेको नेकपा माओवादी केन्द्र दमक नगर कमिटी अध्यक्ष रवि बस्नेतले जानकारी दिए ।
बैठकले समितिको सह–संयोजकद्धयमा नेकपा (माओवादी केन्द्र) का नेता दुर्गा चौलागाई र तुलशी निरौलालाई जिम्मेवारी तोकेको छ ।
समितिको सदस्यहरुमा महेश घिमिरे , अनिलदेव राई, विरेन्द्र बस्नेत, हुकुमसिंह नेपाली, सन्तोष गौतम, रबि बस्नेत, कुमार खतिवडा, रविन गुरुङ्ग, कुल प्रसाद गिरी, भिम दाहाल, होमबहादुर बराल, नारायण राजवंशी, अघ्नु राजवंशी, भुपाल कोइराला, सागर खनाल, बुद्धि न्यौपाने, प्रकाश प्रसाई, सुवास सुवेदी, खगेन्द्र बाह्रकोटी, तोयानाथ सापकोटा, रोशन भण्डारी र ने.का. क्षेत्र गाउँ नगर पदाधिकारीहरु, जिल्ला सदस्यहरु र महाधिवेशन प्रतिनिधिहरु छन् ।
त्यसैगरी कांग्रेस नेतृ महेन्द्रकुमारी लिम्बुको संयोजकत्वमा उच्च स्तरीय अनुगमन राजनीतिक समिति गठन गरिएको छ । सो समितिको सह–संयोजकमा दमक नगरपालिकाका पूर्व नगर प्रमुख तथा एकीकृत समाजवादीका केन्द्रीय सदस्य इन्द्रबहादुर बुढाथोकी र माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङ रहेका छन् ।

त्यस्तैं, समितिको सदस्यहरुमा पूर्व सांसद विश्वदिप लिङदेन, कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, सुरेश सुब्बा, दिलबहादुर बुढाथोकी, शेरबहादुर भट्टराई, बीरबहादुर प्रसाई, पदम पौडेल, भूमि राई, प्रकाश कार्की, फूलवती राजवंशी, राजेन्द्र दाहाल, रमेश गुरागाई, सिताराम अधिकारी, नरेन्द्र साँवा, सुमित्रा वाङदेल चेली, शान्तिराम आचार्य, दिलिप राई, पर्शु सुवेदी, प्रताप सुब्बा, छविन्द्र बस्नेत, गणेशमान धिमाल लगायत रहेका छन ।
त्यस्तैं, निर्वाचन परिचालन मुल समिति मार्फत उम्मेदवारहरुको घरदैलो र अभियानलाई संञ्चार माध्यमहरुबाट प्रकाशन र प्रसारण गर्न रामचन्द्र अधिकारीको संयोजकत्वमा प्रचार उप–समिति गठन गरिएको छ । सो समितिको सह–संयोजकमा पत्रकार बिमल लामिछाने र पत्रकार अनिलदेब राई रहेका छन् । सो समितिको सदस्यहरु डम्बर बोहोरा, सूर्य लिम्बु, दिपेश दाहाल, कमल ढुंगाना र राजु भट्टराई रहेका छन् ।
भेलाले ढुण्डीराज भण्डारीको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ । समितिका सदस्यहरुमा केन्द्र प्रसाई, दुर्गा चौलागाई, हुकुमबहादुर नेपाली, रवि बस्नेत, प्रेम भट्टराई र शशी पौडेल रहेका छन् ।
यसैगरी डम्बर पुलामी कर्माको संयोजकत्वमा युवा÷विद्यार्थी परिचालन समिति गठन भएको छ । समितिको सह–संयोजकमा गोकुल श्रेष्ठ र रोशन भण्डारी रहेका छन् ।
दमक नगरपालिकाकी उपप्रमुख तथा कांग्रेस नेतृ रेगिना भट्टराईको संयोजकत्वमा महिला परिचालन समिति गठन भएको छ । समितिको सहसंयोजकमा माओवादी केन्द्रकी नेत्री राधिका ओझा र एकीकृत समाजवादीका नेत्री हरिमाया मैनाली (लामिछाने) रहेको बताइएको छ । सो समितिका सदस्यहरुमा गौरी राई, उर्मिला कार्की दिपा गौतम, नौतली राजवंशी, चन्द्रकला भण्डारी र मेनुका राजवंशी रहेका बैठकमा सहभागी एकीकृत समाजवादी दमक नगर अध्यक्ष महेश घिमिरेले जानकारी दिए ।

आसन्न निर्वाचनकालागि झापा क्षेत्र नं ५ मा संघीय संसदका लागि नेपाली कांग्रेसका तर्फबाट डा. खगेन्द्र पाण्डव अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् भने झापा ५ को प्रदेश (क) तर्फ कांग्रेसकै युवा नेता जीवन राई र प्रदेश ( ख) तर्फ माओवादी केन्द्रका युवा नेता रेवतराज पुरी (गगन ) ले उम्मेदवारी दर्ता गराएका छन् । यो क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित २७ जना प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारहरु चुनावी मैदानमा रहेका जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

Facebook Comments Box