दमक । नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीले गठबन्धन परास्त गरि देशमा स्थिरता ल्याउन एमालेको जित आवश्यक भएको वताएका छन् ।
झापा ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दर्ता पछि दमकको गणतन्त्र चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै ओलीले आसन्न निर्वाचनमा आफनो जित सुनिश्चित रहेको दाबी पनि गरे ।
अध्यक्ष ओलीले २०७४ मा बनेको आफनो नेतृत्वको सरकार अराष्टिय तत्वहरुले विघटन गराएर कम्फरटेवल सरकार बनाएको भनि गठबन्धन दलको आलोचना गरे । उनले राप्रपासंग झापा, रुपन्देही र बाँकेसहित विभिन्न ठाउँमा सहकार्य रहेको पनि जानकारी गराए । अस्वस्थताको कारण देखाउँदै आज छोटो सम्बाधेन गरेका ओलील एमालेलाई भोट किन दिनुपर्ने भनेर भनिरहन नपर्ने पनि बताए ।
अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैं पुगेर आज दिउँसो उम्मेदवारी दर्ता गर्नुभएको हो । आफ्नो उम्मेदवारी दर्ताका लागि अध्यक्ष ओली हिजो नै झापा आइपुगेका हुन् ।
झापा क्षेत्र नं ५ को निर्वाचन परिचालन कमिटीका संयोजक एवं पोलिटव्यूरो सदस्य देवेन्द्र दाहालका अनुसार संघीय संसद्का लागि अध्यक्ष ओलीको मनोनयन दर्तामा उम्मेदवार प्रतिनिधि केन्द्रीय सदस्य रोमनाथ ओली र प्रस्तावकहरुमा केन्द्रीय सदस्य ओली र प्रदेश सदस्य अम्बिका खनाल थिए । यस्तै समर्थकमा केन्द्रीय सदस्य गीता अधिकारी र जिल्ला अध्यक्ष दिपक कार्की रहेका थिए ।
उहाँसंगै एमालेबाट क्षेत्र न. ५ प्रदेश (क ) तर्फका उम्मेदवार हिक्मतकुमार कार्की र प्रदेश (ख) तर्फबाट होमबहादुर थापाले समेत उम्मेदवारी दर्ता गराएका थिए ।