दमक/  क्लब हिमालय टाइगर दमक शाखाले दमकस्थित रत्ना बृद्धाश्रमका बृद्धबृद्धाहरुसँग दशैंको शुभकामना आदनप्रदान गर्दै खाद्यन्न र लत्ताकपडा सहयोग गरेको छ ।
शाखाका अध्यक्ष पूर्ण बहादुर खडका दिपकको नेतृत्वमा क्लबका पदाधिकारी, सदस्य एवं सामाजिक व्यक्तित्वहरु सम्मिलित टोलीले आज फूलपातीको अवसर पारेर बृद्धाश्रममै पुगी सहयोग गरेको हो ।

सो संस्थाले आफना सदस्यहरुबाट संकलन गरेको सहयोग रकमबाट १५ हजार रुपैयाँ भन्दा बढीको सामग्री हस्तान्तरण गरेको उपाध्यक्ष मेघनाथ फुयाँलले जानकारी दिए ।

आश्रममा ८ जना बृद्धबृद्धा आश्रित छन । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका केन्द्रिय अध्यक्ष रेवतचन्द्र भण्डारी, संस्थाका सल्लाहकार डा. लेखनाथ न्यौपाने, छबि घिमिरे, संस्थाका प्रस्तावित कमल शाखा संयोजक केदार चापागाइँ , क्लबका सचिव तिर्थराज राई लगायतले शुभकामना दिएका थिए । सो अवसरमा आश्रममा बस्दै आएका बृद्धबृद्धाहरुले दशैंमा पाएको सहयोगले आफूहरुलाई खुशी मिलेको बताए ।

 

 

Facebook Comments Box