दमक/ झापाको कमल गाउँपालिकामा एक जनाले आफनै आमा र काकाको हत्या गरेका छन । गए राति कमल गाउँपालिका–२ स्थित सिमलडाँगीका २३  बर्षिय चन्द्रबहादुर माझीले आफ्नै आमा चन्द्रकला माझी र काका शन्तबहादुर माझीमाथि खुकुरी प्रहार गरेर हत्या गरेका इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक देवानन्द मिश्रले जानकारी दिए । हत्यापछि भाग्न खोजेका उनलाई तत्कालै प्रहरीले पक्राउ गरेको मिश्रले जनाएका छन । प्रारम्भिक अनुसन्धानका क्रममा हत्या गरिएका दुवैजना बीच अस्वभाविक किसिमको सम्बन्ध रहेको हुन सक्ने देखिएपनि यथार्थ बुझने काम भइरहेको प्रहरी निरिक्षक मिश्रले जनाएका छन । हत्या गरिएका दुवै जनाको शव पोष्टमार्टमका लागि दमक अस्पताल ल्याइएको छ ।

Facebook Comments Box