दमक/ दमक १ भाङबारीमा सञ्चालित आन्तरिक पर्यटकहरुको रोजाइमा पर्न सफल हाम्रो दमक फन पार्कमा दशैंको अवसर पारेर मनोरञ्जनका माध्यमहरु थप गरिएका छन । हाम्रो दमक फनपार्क एण्ड एग्रो टुरिजम प्रालिद्धारा सञ्चालित सो फनपार्कमा साँझको आकर्षक बत्तीसंगै यस बर्षदेख बालबालिकाका लागि विशेष मनोरञ्जनका माध्यमहरु थप गरिएका हुन ।

फन पार्कका सञ्चालक विप्लव दंगालका अनुसार सो फनपार्कमा दशैंको छुट्टीमा घुमघामका लागि आउने आन्तरिक पर्यटकहरुको सुविधालाई विशेष ध्यान दिइएको छ । फनपार्कमा यसबर्षदेखि रेलका साथै बोटिङको आनन्द समेत लिन सकिने जनाइएको छ ।

बोटिङको यात्रा गर्न अब दमक फनपार्कमा नै व्यवस्था मिलाइएको छ , यहाँ आउने हाम्रा पाहुनाहरुलाई लक्षित गरेर बोटिङ गरी आनन्द लिनुका साथै गोल्डेन टापुमा बसेर आकर्षक फोटो खिच्न, पारिवारिक वातावरणमा स्तरीय खाना, खाजाका आइटमहरु समेत उपलब्ध गराएका छौं– सञ्चालक दंगालले निष्कर्ष न्यूजसंगको कुराकानीमा भने । अन्य समयको तुलनामा दशैंको आगमनसंगै फनपार्क घुम्न आउने आन्तरिक पर्यटकहरुको संख्या समेत उल्लेखीय बृद्धी भएको उनले जानकारी दिए । दिनहुँ यहाँ आउने पाहुनाहरुको संख्या बढदो छ दमकबासी र दमक आसपासमा आउने पाहुनाहरुले लगभग हाम्रो दमक फनपार्क आउन छुटाउनु भएको छैन भन्ने हामीलाई विश्वास छ ।

Facebook Comments Box