भद्रपुर/ झापाका अग्रज चार्टर्ड एकाउन्टेन्ट सुशीलकुमार अग्रवाल सम्मानित भएका छन् ।
एस के अग्रवाल एण्ड कम्पनीको २५ औं वार्षिकोत्सवको अवसरमा भद्रपुर मारवाडी संघ र भद्रपुर मारवाडी युवा मञ्चले उनलाई बिहीबार संयुक्त रुपमा सम्मान गरेको हो ।
कम्पनीले २५ औं वर्षगाँठको अवसरमा विर्तामोडको सिटी सेन्टरमा आयोजना गरेको विशेष समारोहका बीच भद्रपुर मारवाडी संघका अध्यक्ष अजय साहेवाला लगायत संघमा आबद्ध पदाधिकारी–सदस्य एवम युवा मञ्चमा आबद्ध पदाधिकारी–सदस्यले अग्रवाललाई सम्मानपत्र हस्तान्तरण गरेका थिए । अग्रवाल नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ झापाका अध्यक्ष पनि हुन् ।
कठिन विषयको रुपमा लिइने चार्टर एकाउण्ट अध्ययन गरी सफलता हासिल गरेको र समाजलाई योगदान पुर्याएकोमा अग्रवाललाई सम्मान गरिएको संघका अध्यक्ष साहेवालाले बताए । समारोहमा कम्पनीको २५ औं वार्षिकोत्सव मनाइएको थियो ।
